मुख्य समाचार

झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सलाई

मेचीनगर, ११ बैशाख । झापाको मेचीनगरमा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले जितेको छ। काकडभिट्टा माविको खेलमैदानमा आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधिजितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक चिमोरियाले सर्वाधिक २८ रन बनाए भने समीर कार्की २३ रन, विधान गोस्वामी १७ रन, सुरज खड्का १६ रन, तथा अर्विन क्षेत्रीले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ धुलाबारीका दिपेश कडेल र ज्ञानेन्द्र श्रेष्ठले समान २–२ विकेट हात पारे भने गुल्सन झा, राज थापा र प्रवेश कामतिले समान१–१ विकेट हात पारे। उपाधिका लागि १३७ रनको लक्ष्यका साथ मैदान उत्रिएको धुलाबारीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। धुलाबारीका लागि डम्बरविष्टले विष्फोटक व्याटिङ गर्दै ४४ बलमा ८९ रन प्रहार गरेका थिए भने विवेक बुढाथोकीले १२ रन, फइन रहमानले नटआउट २१ रन तथासुजन थपलियाले नटआउट ६ रन बनाउँदै टिमलाई जित दिलाए। बलिङतर्फ बोस्टनका लागि मिनास थापा, विधान गोस्वामी र करण केसीले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याचधुलावारीका डम्बर विष्ट घोषित हुँदै नगद रु ३००० हात पारे। (तस्वीरः हरप्रहर न्यूज)

विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेशः लोकबहादुरले त्यागे एमाले

मेयङलुङ, तेह्रथुम । विभिन्न पार्टी परित्याग गर्दै तेह्रथुम मेयङलुङ ८ स्थित आङ्बुङ सन्सारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका पुराना नेता तेह्रथुम सल्लाहकार तथा नगर सचिवालय...

संघीय मञ्च र मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षरः खुकुरी चिन्हबाट माेर्चाले चुनाव लड्ने

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

दमकमा पत्रकार महासंघकाे आयोजनामा निर्वाचन सम्बन्धी अन्तरकृया

दमक, बैशाख ६।  नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त आयोजनामा मंगलबार दमकमा ‘स्थानीय तह निर्वाचन २०७९’  मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ...

फाल्गुनन्द मार्ग सडक निर्माण समयमै सम्पन्न गर्ने, उपभोक्ताहरु हर्षित

दमक । इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटो दुरीको बहुप्रतिक्षित सडकले अब भने सार्थकता पाउने भएको छ । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक...

;