मुख्य समाचार

मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा

लिम्बुवानखबर संवाददाता, १५ कार्तिक । १ नं. प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभा बैठकमा राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा...

लिम्बुवान मञ्च म्याङलुङ अध्यक्षमा पुनः देवीनारायण निर्वाचित

म्याङलुङ, १५ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः देवीनारायण सम्बाहाम्फे निर्वाचित भएको छ । सोमबार जिरीमा भएको तेस्रो अधिवेशनले सम्बाहाम्फे पुनः अध्यक्षमा निर्वाचित भएका...

पेट्रोल र डिजेलको प्रतिलिटर तीन रुपियाँले बढयो मुल्य

लिम्बुवानखबर संवाददाता । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । निगमले दुवै पेट्रोलियम पदार्थको भाउमा प्रति लिटर तीन रुपैयाँ बृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै स्वचालित प्रणाली...

किरात धार्मिक दुई संस्थाले फक्ताङलुङ हिमाल आरोहण रोक्न सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

लिम्बुवानखबर संवाददाता । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन दुई संस्थाले नेपाल सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएको छ । पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि...

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गते सम्ममा हुने कार्यतालिका सार्वजनिक

काठमाडौंं, ११ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गते तीनदिनसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । पटक–पटक महाधिवेशनको मिति सार्दै...