स्थानीय समाचार

एडिबीको सहायतामा रतुवा खाेलामा तटबन्धन

दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन बन्ने भएकाे छ । लाेकमार्गबाट उत्तर तर्फ रतुवा...

छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने

दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–०...

सुनसरीलाई १-० ले हराउँदै पाँचथर फाइनलमा प्रवेश

दमक । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच .एफ .सी सुनसरीलाई १-० गोल...

तेह्रथुमकाे छथर आत्मानन्द कपकाे सेमिफाइनलमा प्रवेश

दमक, १३ मंसिर / छथर गाउँपालिका तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप १५ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा  माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ६–२ को फराकिलो गोल अन्तरलेपराजित गर्दै छथर अन्तिम चारमा पुगेको हो । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै हाटखोला फुटबलक्लव सुनसरी, जलथल झापा र तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय  गरिसकेका छन् । मंगलबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ । प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङका गरी विभिन्न ८ टीमको सहभागीतारहेको छ । विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् । फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ । आत्मानन्द कप बिगत २ वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको छ । इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीकोप्रतियोगिताका रूपमा रहेको छ । आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने सचिव सरिता राईले जानकारी दिएकी छन् ।

तिजोग यूवा क्लव पाँचथर सेमिफाइनलमा प्रवेश

माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल...