स्थानीय समाचार

चुलाचुली गाउँपालिकामा तालाबन्दी

चुलाचुली, १२ चैत्र । इलामको चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ । आइतबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको माग...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

“युक्पुङ्” चलचित्रको छायांकन सम्पन्न

धरान, ३ चैत्र । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो । ‘केएमडी...

लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको छ । अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले १ अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट २ करोड ३२ लाख ८९ हजार ४ सय ६४ रूपैयाँकटौती गरेको हो। नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो । नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् । यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विधायनसमितिका संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बराल, वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्वाधार समितिका संयोजक भीम पौडेल, आर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ र सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको छ । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाअध्यक्ष, नगरसभासदस्यहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, स्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।