राजनीति

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडाैं । विवादका कारण रोकिएको दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएकाे जनाएका छन्...

इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो...

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता कैलाली १ बाट निर्वाचित

लिम्बुवान खबर, ८ मंसिर । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।...

समानुपातिक तर्फ एमाले अघि लाग्दैः कांग्रेस पछाउँदै

लिम्बुवानखबर, ८ मंसिर । नेकपा एमाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ अघि लाग्दै छ भने नेपाली कांग्रेसले पछाउँदैछ । एमालेले मतपरिणाम अनुसार अहिलेसम्ममा ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत...

झापा ५ बाट ओली १८ हजारको अग्रतामा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७२ मतको अग्रता कायमगरेका छन् । बुधबार बिहान ७ बजे ७१ हजार ३ सय ४८ मत गणनापछि सार्वजनिक भएकोझापा निर्वाचन क्षेत्र ५ को मत परिणाम अनुसार ओली ले ३६ हजार ४ सय ८८ मतप्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी  गठबन्धन उम्मेद्वार डा.  खगेन्द्र पाण्डव अधिकारीले १८ हजार ४सय १६ मत पाएका छन् । राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ७ हजार ९ सय ८० मत पाएका छन् भनेजनमत पार्टीका भीम राजवंशीले  १ हजार ३ सय ७६ मत पाएका छन् । त्यस्तै संघीय मन्चका कबिन्द्र शेर्माले ९ सय १,  मंगोलका सानबहादुर मेचेले ५ सय१ र जसपकी ओम माया आङ्देम्बेले ४ सय ४९ मत पाएका छन् । ३ हजार ९ सय ५० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभाको दुवै क्षेत्रमा एमाले अगाडि यसैबीच झापा ५ को दुई वटै प्रदेश सभामा जारी मतगणना अनुसार एमालेकाउम्मेद्वार नै अगाडि देखिएका छन् । झापा ५ (१) मा एमालेका हिक्मत कार्की गठबन्धन उम्मेद्वार जीवन राई भन्दा २सय ४१ मतले अगाडि देखिएका हुन् । ११ हजार २ सय ५७ मत गणना हुँदा कार्कीले ४ हजार ७ सय १७ मत पाए भने राई४ हजार ४ सय ७६ मत पाएर पछि छन् । ५ सय ५४ मत बदर भएको बताइएको छ । त्यस्तै झापा ५ (२) मा एमालेका होमबहादुर थापा १ हजार ९ सय ८७ मतलेअगाडि छन् । थापाले ६ हजार ६ सय २२ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धन उम्मेद्वाररेवतराज पुरीले ४ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् । १४ हजार ४ सय ५७ मत गणना भएको हो, जसमध्ये ६ सय २२ मत बदर भएकोनिर्वाचन कार्यालयले जनाएको छ ।