राजनीति

जसपा संसदीय दलको चुनाव आज हुँदै

काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयन आज हुने भएको छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११...

प्रधानमन्त्री प्रचण्डद्वारा ८ सदस्यीय मन्त्रीपरिषद गठन

काठमाडौं, ११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उप–प्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उप–प्रधानमन्त्रीहरुमा नेकपा एमालेका विष्णु पौडेललाई अर्थमन्त्रालय, माओवादी केन्द्रका...

प्रचण्ड प्रधानमन्त्री नियुक्तः आज सफथ ग्रहण

काठमाडौं, ११ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले,...

पहिचानसहितको संघीयताको लागि आधार तयार : मुख्य मन्त्री राउत

पहिचानसहितको संघीयताका लागि आधार तयार भएको मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले दावी गरेका छन् । आज बुधबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य मन्त्री राउतले यस्तो दावी गरेका हुन् । संघीयताको अभ्यास गर्ने क्रममा पहिलो पटक गठन भएको प्रदेश सरकारको नेतृत्व गर्ने क्रममा पहिचानमा आधारित मधेस प्रदेशनामाकरण गर्न सफल भएको भब्दै राउतले खुसी व्यक्त गरेका छन् । मधेस प्रदेश सरकारले ऐन नै बनाएर जातीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुन पाउने अधिकार सुनिश्चित गरेको साथै मधेसी, मुस्लिम, दलित, आदिवासी जनजाति लगायत सबै क्लस्टरमा महिलाको अनिवार्य ५० प्रतिशित सहभागिता अनिवार्य हुने गरि ऐनबनाएको राउतले जानकारी दिए । ५ वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गर्न पाउँदा जनताका लागि धेरै काम गरेको दावी गर्दै मुख्यमन्त्रीले भने -‘कतिपय अवस्थामासत्तामा बसेकाहरुप्रति जनताका अपेक्षा धेरै नै हुँदा रहेछन् । सानो विषयलाई पनि जनताले सुक्ष्म गरी लिएका हुँदारहेछन् । यस पटकचुनाव लड्दा मैले त्यो बुझेँ ।‘ अब बन्ने नयाँ सरकार बारे सोधिएको प्रश्नमा राउतले कुटनीतिक जवाफ दिए । ‘कांग्रेस र एमाले पहिलो र दोस्रो स्थानमा छन् ।हामी तेस्रो स्थानमा छौं । यस्तो अवस्थामा हामी भन्दा अगाडि रहेका दलहरुको भूमिका सरकार गठनका लागि प्रमुख हुन्छ ।‘ जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार गठनको सम्भावना बारे राखिएको जिज्ञासामा उनले भने -‘संघ सरकार र अन्य ६ वटाप्रदेशमा कसरी सरकार गठनको प्रकृया अगाडि बढ्छ, त्यसै अनुरूप मधेस प्रदेशमा पनि यो प्रकृया अघि बढ्छ भन्ने लाग्छ ।‘ मुख्यमन्त्रीका रूपमा दोहोरिने सम्भावना बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा राउतले भने -‘पार्टीले सरकारमा जाने नजाने विषयमानिर्णय गर्ला । नेतृत्व लिने वा कसको नेतृत्वमा सरकार गठन गर्ने ? भन्ने पनि निर्णय गर्ला ।‘ आफ्नो कार्यकालमा ऐन निर्माण र भौतिक विकास निर्माण दुवै पाटोमा महत्त्वपूर्ण कामहरु गरिएको दावी गर्दै मुख्यमन्त्री राउतलेकेन्द्रबाट खटाइएका उच्च तहका कर्मचारी लामो समय प्रदेश मन्त्रालयहरुमा नबसिदिँदा समस्या झेल्नु परेको गुनासो पोखे ।‘मुख्यमन्त्रीको कार्यालयमा नै ५ वर्षमा ६ जना प्रमुख सचिवले काम गर्नुभो । अन्य मन्त्रालयहरुमा ११ जनासम्म सचिव आउनुभो‘, राउतले भने । सदनमा एक पटक बाहेक कहिल्यै कुनै पनि विधेयक पास गर्न अल्पमत बहुमत गर्न नपरेको स्मरण गराउँदै मुख्यमन्त्रीले आफूलाईसघाउने मन्त्रीगण, सत्ता पक्षका प्रदेश सभा सदस्यहरु, प्रतिपक्षी दल र सदस्यहरुलाई धन्यवाद दिए । राउतले भने -‘हाम्रो कार्यकालमा जस्तै अब बन्ने सरकारलाई पनि साथ सहयोग गरिदिनुहोला ।‘ (हरप्रहरबाट)

४ हजार २८५ उम्मेदवारको जमानत जफतः आयोग

काठमाडौ, २८ मंसिर । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो...