खेलकुद

पंकजविक्रम नेम्बाङ् एन्फा अध्यक्षमा निर्वाचित

झापा, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । मंगलबार भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ् अध्यक्षमा विजयी भएका हुन् । नेम्बाङ्ले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएका हुन् ।...

दमक नगर स्काउटको दिक्षान्त कार्यक्रम सम्पन्नः नगरप्रमुख, उपप्रमुख लगायत दिक्षित

दमक/दमक नगर स्काउट तदर्थ समितिको संयोजनमा शनिबार दमक नगर प्रमुख, उपप्रमुख सहित बिद्यार्थीरुलाई दिक्षित गरिएको छ । नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उपप्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम...

बन्ने भयो आदिवासी रंगशालाः निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारको बजेटमा समावेश

वहुप्रतिक्षीत अन्तराष्ट्रिय स्तरको आदिवासी रंगशाला निर्माणलाई निरन्तरता दिन प्रदेश नं. १ सरकारले स्वामित्व लिएको जनाएको छ । नेकपा एमाले सरकारको पालामा नाममा विवाद आएपछि निर्माण कार्य रोकिएको कमल ५ लखनपुरस्थि रंगशालालाई आर्थिक बर्ष ०७९/०८०को बजेट...

विश्वकप खेल्ने ३२ देशको टुंगो लाग्योः उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने

लिम्बुवानखबर, १ असार । विश्वकप फुटबलमा खेल्ने ३२ राष्ट्रहरुको नाम टुंगो लागेको छ । मंगलबार राती अन्तरमहादेशीय प्लेअफअन्तर्गत कोस्टारिकाले न्यूजिल्याण्डलाई १–०ले हराउँदै अन्तिम ३२ मा स्थान बनाउँदै ३२ टिमको टुंगो लागेको हो । सामान्यतया गर्मी...

झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सलाई

मेचीनगर, ११ बैशाख । झापाको मेचीनगरमा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले जितेको छ। काकडभिट्टा माविको खेलमैदानमा आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधिजितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक चिमोरियाले सर्वाधिक २८ रन बनाए भने समीर कार्की २३ रन, विधान गोस्वामी १७ रन, सुरज खड्का १६ रन, तथा अर्विन क्षेत्रीले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ धुलाबारीका दिपेश कडेल र ज्ञानेन्द्र श्रेष्ठले समान २–२ विकेट हात पारे भने गुल्सन झा, राज थापा र प्रवेश कामतिले समान१–१ विकेट हात पारे। उपाधिका लागि १३७ रनको लक्ष्यका साथ मैदान उत्रिएको धुलाबारीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। धुलाबारीका लागि डम्बरविष्टले विष्फोटक व्याटिङ गर्दै ४४ बलमा ८९ रन प्रहार गरेका थिए भने विवेक बुढाथोकीले १२ रन, फइन रहमानले नटआउट २१ रन तथासुजन थपलियाले नटआउट ६ रन बनाउँदै टिमलाई जित दिलाए। बलिङतर्फ बोस्टनका लागि मिनास थापा, विधान गोस्वामी र करण केसीले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याचधुलावारीका डम्बर विष्ट घोषित हुँदै नगद रु ३००० हात पारे। (तस्वीरः हरप्रहर न्यूज)