खेलकुद

‘झापा महिला गोल्डकप’ हुँदै

दमक, १६ साउन । झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। झापाकाे शिवसताक्षी ११स्थित नवनिर्मित दुधे रंगशालामा ‘झापा महिला गोल्डकप’ फुटबल हुने भएकाे हाे । खेल आगामी कार्तिक १५ देखि २२...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

 झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेतले गरे आत्महत्या

 दमक, २६ वैशाख । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी तथा व्यवसायी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन । झापाको बिर्तामोड १ स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेका हुन् । आफू सुत्ने कोठाको...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...