खेलकुद

दमक ब्याडिमन्टन एकेडेमीकाे पहिलाे साधारणसभा सम्पन्न

दमक, २२ पाैष । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सहित सम्पन्न भएको हाे । दमक नगरका प्रमुख राम कुमार थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए । एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए । ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले पहिलो  भएका थिए ।त्यसैगरी दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहेका...

पवित्राहाङमा गाेल्डकप २०८१ माघ २५ देखि हुने

दमक, १० पाैष । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएकाे छ । बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आगामी  माघ २५ देखि खेल...

एनपिएलकाे पहिलाे उपाधि जनकपुर बाेल्टसले चुम्याे

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले चुमेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो । उपाधि चुमेसँगै जनकपुर बोल्ट्सले...

एनपिएल उपाधीका लागि सुदूरपश्चिम राेएल्स र जनकपुर बाेल्ट्स भिड्ने

ललितपुर, ४ पुष । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले...

चासोक तङ्नाममा फूटबल तथा बृहत सांगीतिक कार्यक्रम हुँदै

दमक, २० मंसिर । इलामको फाकफोकथुम ४स्थित लिम्बुगाउँमा मंसिर २५ र २६ गते चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । विगत १७ बर्षदेखि निरन्तर लाग्दै आईरहेको उक्त मेलामा आज(बिहीबार)बाट चासोक कप २०८१ नकआउट फूटबल...