खेलकुद

संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको...

आहा रारा गोल्डकपको फाइनल खेल आजः संकटा र भूटनिजयूथ स्पोर्टस भिड्दै

पोखरा, २३ पुष । मोफसलको एक प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिको फाइनल खेल आज हुँदैछ । उक्त खेलमा सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको...

महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिदै

काठमाडौं, १९ पुष । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्तिम संस्कार अघि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी...

फूटबलका विश्वविख्यात खेलाडी पेलेको निधन

काठमाडौ, १५ पुष । फूटबलका महान खेलाडी ब्राजिलका विश्वविख्यात पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित पेलेको बिहीबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए...

बीवाईएससी मेन्नेसोटालाइ जय हुँमागाई गोल्डकप फुटबलको उपाधि

दमक, १४ पुष । प्रथम आमन्तृत जय हुँमागाई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी  खेलको मेन अफ दी म्याच भए । सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए । खेल अवधिभर दुवै टीमका खेलाडीबीच पटक पटक ठेलाठेल भयो भने रेफ्रीदनुवारले पनि दुवै टीमका खेलाडीलाई प्रसस्तै चेतावनी दिए र अटेर गर्नेलाई कार्डदेखाए । प्रतियोगिताकै बेस्ट गोलकिपर उपाधि पाएका बिवाइएससीका गोलकिपर पुजनथापामगरले समेत खेलमा अनावश्यक समय खेर फालेको अभियोगमा पहेँलोकार्ड खाए । प्रतियोगिताको बेस्ट डिफेन्स उपविजेता टिमका पिटर सेगुन भए ।अघिल्लोखेलमा कार्ड खाएका उनी बुधबारको फाइनल खेलमा कम आक्रमक देखिन्थे । त्यस्तै बेस्ट मिड फिल्डर पनि सह्लेशकै आशालाल चौधरी भए । प्रतियोगिताको बेस्ट फर्वार्ड विजेता टीमका थोमस साकोर भए भने बेस्ट कोच पनिविजेता टीमकै कोच प्रदिप हुँमागाई भए । राइजिङ प्लेयर भने बिवाईसी बेलडाँगीका दावा तामाङ भए भने प्रतियोगिताभरहाई स्कोरर विजेता टीमकै रेनी सान्टिलन भए । बेस्ट प्लेयर अफ थे टुर्नामेन्ट विजेता टीमका हेक्टर ओर्टेगा भए । उनले नगद २५हजार सहित ट्रफी पाए । अन्य उत्कृष्ट विधाका खेलाडीलाई नगद ७ हजार सहितट्रफी प्रदान गरिएको थियो । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य होमबहादुर थापा, नेकपा माओवादी केन्द्रकाप्रदेश नेता गगन पुरी,  भुटानी शरणार्थी शिविर बेलडाँगीका सचिव टिबी राई,  पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राई, दमक वडा नम्बर ३ का वडाअध्यक्ष नवीन बराल, वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटालगायतलेविभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरेकाथिए । प्रतियोगिता आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टका अध्यक्ष शिव हुँमागाईलेप्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च भएको जानकारी दिए । नेपाल बाहिरका बीवाईएससी मिन्नेसोटा अमेरिका, एभनिर फुटबल क्लबक्यामरुन, युके फुटबल क्लब दार्जिलिङ प्रतियोगितामा सहभागी थिए । त्यस्तै,  नेपालभित्रका सह्लेश युवा क्लब सिरहा, शान्तिनगर फुटबल क्लबसुनसरी,  बीवाईसी बेलडाँगी (घरेलु टीम), बिर्तामोड युनाइटेड झापा र पथरीशनिश्चरे शिविरको टीम गरि ८ टीमले प्रतियोगितामा सहभागिता जनाएका थिए। जय हुँमागाई स्मृति खेल मैदान नामाकरण समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य होमबहादुर थापाले खेलकुद क्षेत्रकोविकासलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले कार्यक्रम बनाउनुपर्नेमाजोड दिए । माओवादी केन्द्रका नेता गगन पुरीले खेल मैदानको स्तरोन्नतिलगायत बेलडाँगीशिविरभित्रै भुटानी शरणार्थी संग्रहालय निर्माणको बृहत् परियोजना सम्पन्न गरिनेदावी गरे । शिविर सचिव टिबी राईले दाताले निर्माण गरिदिएको खेलमैदान फराकिलोबनाउन र संरक्षित गर्न नेपाल सरकारलगायत प्रदेश र स्थानीय सरकारको सहयोगआवश्यक भएको जिकिर गरे । उनले भने -‘संसारभरका शरणार्थीहरुलेखेलकुदको अधिकर पाएका छन्, मलाई लाग्छ उनीहरुले एउटा फराकिलो खेलमैदान पनि पाउने छन् ।‘ बिगतमा बेलडाँगी २ स्थित शरणार्थीका लागि उपयोग गरिँदैआएको खेल मैदानमासेर पोखरी खनिएको थियो । प्रतियोगिता आयोजना गर्न र स्थायी भौतिक संरचनाका रूपमा स्वर्गीय जयहुँमागाईको परिवारले करिब ३० लाख रूपैयाँ निजी खर्चमा खेलमैदान तयारगरिदिएको सचिव राईले जानकारी दिए । उनले सो खेल मैदानको नाम ‘जय हुँमागाई स्मृति खेल मैदान‘ प्रस्ताव गरे भने खेलहेर्न सयौंको संख्यामा आएका  शरणार्थी र अन्यले ताली बजाएर समर्थन गरेकाथिए । हंसे दुम्से सामुदायिक वन हाताभित्र नवनिर्मित खेल मैदानको पूर्वतिर ३ वटासखुवाका अग्ला रूखहरु छन् । ती रूख व्यवस्थापन हुन नसक्दा हाल ९–९ जना खेलाडी मात्रै मैदानमा फुटबलखेल्न सक्छन् । नेपाल सरकारले रूख व्यवस्थापन गरिदिए आफूले ११ साइड खेल्न मिल्ने गरीखेल मैदानको पून: निर्माण गरिदिने दाता शिव हुँमागाईले प्रतिवद्धता व्यक्त गरेकाछन् । शिविर व्यवस्थापन समितिका तर्फबाट खेल मैदान निर्माणकर्ता शिव हुँमागाई रउनको परिवारलाई ताम्रापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रदेश सभा सदस्य थापाले हुँमागाईलाई ताम्रापत्र प्रदान गरे । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्था, सुरक्षा निकाय, व्यक्तिलगायतलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।...