स्थानीय समाचार

माङ्सेबुङमा वान्तवा भाषा पठनपाठनको लागि कार्यदल गठन

दमक, २६ साउन । माङसेबुङ गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बान्तवा भाषा पाठ्यक्रम निर्माण सम्बन्धी एक दिवसीय छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा तथा किरात राई...

झापामा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ

दमक, २२ साउन । झापाकाे दमक र कमलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक गंगाबहादुर खड्का र कमल गाउँपालिका–६ का विष्णुप्रसाद बगाले रहेका छन् ।...

ट्याक्सी स्टेण्डमा पार्किङ गर्न दमक नगरकाे अपिलः अटेर गरी कारवाही

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले ट्याक्सी स्टेण्डमा पार्किङ गर्न ट्याक्सी चालकहरूलाइ अपिल गरेकाे छ । नपाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।