आज उपराष्ट्रपति निर्वाचन हुँदै, साँझ नै परिणाम आउने

काठमाडौं, ३ चैत्र । आज बिहान १० बजे देखि उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । निर्वाचन आयाेगका अनुसार  अपराह्न ३ बजेसम्म...

लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको छ । अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले १ अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट २ करोड ३२ लाख ८९ हजार ४ सय ६४ रूपैयाँकटौती गरेको हो। नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो । नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् । यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विधायनसमितिका संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बराल, वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्वाधार समितिका संयोजक भीम पौडेल, आर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ र सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको छ । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाअध्यक्ष, नगरसभासदस्यहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, स्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल अन्तिम खेलमा युएईलाई हराउँदै विश्वकप छनोटमा

काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविसमा ९ रनले हराउँदै नेपाल विश्वकप...

गोपाल किरातीको देशभक्त समाजवादी यात्रा पाँचथरबाट शुरु

पहिचान विरोधी प्रदेश खारेज गरौं, जनविद्रोहको तयारीमा जुटौं काठमाडौं, १ चैत्र । प्रदेश १ प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि यतिबेला प्रदेशका जिल्लाहरु अशान्त भईरहेको बेला पूर्वमन्त्री गोपाल किरातीले अभियान थालेका छन् । बहुमतको दम्भमा कोशी...

याक्खा जातिको संस्कृतिमा आधारित भिडियो ‘जेप्पा’ सार्वजनिक

  दमक, १ चैत्र ।  गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार मण्डला थिएटरमा...