नेपाल पेनाल्टी शुटआउटमा भारतलाइ हराउँदै फाइनलमा प्रवेश
ललितपुर, ११ कार्तिक ।दशरथ रंगाशालामा हजाराैं दर्शककाे उपस्थितिमा साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आज (आइतबार) सम्पन्न अन्तिम सेमिफाइनल खेल विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा सकिएको थियो...




