हाइलाइट्स

‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयमा अन्तरकृया

‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेडरिक एवर्ट स्टिफटुङ (एफईएस) नेपाल र संवाद समूह झापाद्वारा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाबीच तीनवटा कार्यपत्रमाथि  छलफल भएको छ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाह पुगे रेशम चौधरीको घरमा

काठमाडौं, २८ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्। शनिबार बिहान उनले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई घरमा गएर भेटेका हुन् । मुुख्यमन्त्री...

ताप्लेजुङ सेमिफाइनलमा प्रवेशः आज जनता सेभेन स्पोर्टिङ क्लव र धनकुटा भिड्दै

माघ २८, माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङ कप फूटबलको शुक्रबार भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २–० गोल अन्तरले पाराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको जितमा सुजता पालुङवा र सितल...

किरात लिम्बुवान प्रदेश नामाकरणकाे लागि अभियान शुभारम्भ

दमक, २८ माघ । ‘सम्पूर्ण पहिचान पक्षधरहरु एक हौं‘ भन्ने मूल नाराका साथ किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान कार्यक्रम आज शुक्रबार प्रारम्भ भएको छ । झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आयोजित कार्यक्रममा राजनीति भन्दा माथि पहिचान हुने भन्दै सहभागीवक्ताहरुले प्रदेश नम्बर १ लाई पहिचानका आधारमा किरात लिम्बुवान नामाकरण गर्न दवाव सिर्जना गरिने बताएका हुन । अभियानले यस प्रदेशका सवै पहिचान पक्षधर पार्टीहरु, संघ,संस्था साथै प्रबुद्ध व्यक्तित्वहरुसँग छलफल,भेटघाट र समन्वय गर्ने प्रेसविज्ञप्तिमार्फत जनाएको छ । प्रदेश नम्बर १ भित्र बसोबास गर्ने सबै जातजाति एवम् समुदायहरु बीचको एकता र सामाजिक सद्भावको विकास गराउँदै किरातलिम्बुवान प्रदेश नामाङ्कन गराउन अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ । किरात सभ्यताभित्र यस क्षेत्रका सबै पहिचान चाहने प्रकृतिपूजक,भूमिपूत्र आदिवासीहरु पर्ने र किरात  शब्दले बृहत भातृत्व र एकताबुझाउने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै लिम्बुवान भन्नाले १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा फौज(नेपाल) बीच भएको ऐतिहासिक सन्धी बमाजिमको भूगोल तथालिम्बुवान प्रदेश प्राप्तिको लागि भएका सम्पूर्ण आन्दोलनरत पक्षहरुसँग नेपाल सरकारले गरेको  सम्झौताको रूपमा बुझ्नु पर्ने जिकिरगरिएको छ । अभियानले किरात भन्नाले सभ्यता र लिम्बुवान भन्नाले भूगोल हो भन्ने बुझ्न अनुरोध गरेको छ । पहिचान पक्षधर राजनीतिक शक्ति, संघ संस्थाहरुसँग बृहत छफल गर्ने जनाउँदै अभियानले सवै प्रकारको चन्दा सङ्कलनलाई पूर्णरुपमा निषेध गर्ने जनाएको छ । अभियान कार्यक्रमा संघीय लिम्बुवान पार्टी नेपाल उपाध्यक्ष मित्र लिङ्देन, जसपा नेपाल केन्द्रीय सदस्य एवम लिम्बुवान राष्ट्रियसमिति उपाध्यक्ष जेन्टल लाओती, लोसपा, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष भक्त खेवाङ, किरात राष्ट्रिय समिति संयोजक डिवि राई, राष्ट्रिय जनमुक्ति पार्टी महासचिव पदम चबेगु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ, महासचिव अशोक चेम्जोङ, माओवादी कम्युनिष्ट पार्टी नेपाल उपाध्यक्ष क. अर्जुन लामा, साझा किरात खम्बुवान मोर्चा उपाध्यक्ष क्याप्टेन ललित प्रकाश राई, पूर्व लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष पदम अधिकारी, पहिचानवादी नेता प्रवीणचाम्लिङ, पूर्व नेपाली काँग्रेस महासमिति सदस्य स्वतन्त्र नेता जयराज संयक, कोचिला संघर्ष समिति सदस्य त्रिनारायण राजवंशी, नेपाल तामाङ घेदुङ संघ प्रतिनिधि जयुकुमार तामाङ लगायतले बोलेका थिए र सो अभियानमा ऐक्यबद्धता जनाएका थिए । किरात लिम्बुवान प्रदेश नामकरण अभियान संचालन गर्न आयोजित भेलाले विभिन्न जिल्लाहरुमा गतिविधि सञ्चालन गर्न जिम्मेवारीतोकेको छ । किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानको उदयपुर, भोजपुर,खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुमा जिल्ला समन्वय समितिनिर्माण गर्न डिवि राईलाई जिम्मेवारी दिइएको छ । त्यस्तै इलाम जिल्ला संयोजक निरमणी माङ्मु नरेश, सुनसरी जिल्ला संयोजक राजेश खिम्दुङ, तेह्रथुम जिल्ला संयोजक तारा थलङलिम्बू, धनकुटा जिल्ला संयोजक प्रतिभा राई चयन भएका छन । त्यस्तै संखुवासभा जिल्ला संयोजकमा मित्र याक्खा देवान,  ताप्लेजुङ जिल्ला संयोजक अनिशा थेबे,  झापा जिल्ला  संयोजककविराज चाम्लिङ राई र सञ्चार समन्वय समिति संयोजक देशराज नेम्बाङ तोकिएका छन । कार्यक्रम किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान संयोजक  प्रेमदीप थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सुदूर पश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त

काठमाडाैं, २६ माघ । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको...