
सिएम कन्दङ्वा स्मृति प्रतिभा सम्मानबाट भट्टराई, फागो र राई सम्मानित हुँदै
मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष ३ जना प्रतिभाहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको छ । कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डा. गोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने छ । भट्टराई अनुवाद साहित्य र उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएका प्रतिभा हुन । त्यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीत प्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको छ । फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालन गरेर संगीत प्रशिक्षण दिँदै र गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन । त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान भने पथरीमै रहेर बिगत २ दशकदेखि पत्रकारितामा योगदान गर्दै आएका पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । राई पत्रकारिताका अतिरिक्त पहिचान र अधिकार प्राप्तिको अभियानमा समेत लागि परेका युवा व्यक्तित्व हुन् । किरात राइ यायाेक्खाका उपमहासचिव समेत रहेका राइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का पूर्व अध्यक्ष...