भाषा/साहित्य

प्रदेश १ को नाम लिम्बुवान किरात राख : फोनिज

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर १ लाई पहिचानकाे आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्ने माग दोहोर्याएको छ । शनिबार र आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा-पत्रमा यस्तो माग गरिएको हो । प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको छ । सो कार्यक्रममा आमन्तृत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्त गरेका थिए । उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने र त्यसबाट समग्र देशको पर्यटन क्षेत्रको विकास हुने दावी गरे । फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहल कदमी र साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए । कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए । सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए । सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।फोनिजले संघीय राजधानी काठमाडौं र उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप र फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधन गरेको हो । २०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, ८ जातीय पत्रकार संस्था, ७ प्रदेश समिति, ८ विदेश शाखा रहेका छन् । यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । (हरप्रहर खबरबाट)

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...

कक्षा ११ र १२ को लिम्बू भाषा र साहित्य पाठ्यक्रम परिमार्जन र संशोधन सहित विमोचन

पान्थर, १६ माघ । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ । शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको...

“याक्थुङ साम्जिक मुन्धुम” प्रकाशित

काठमाडौं । याक्थुङ् जातीका येवा, साम्बा, मुन्धुमसावा लगायत बुढापाकाहरुले मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । “याक्थुङ साम्जिक मुन्धुम” नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको...

‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष...

;