स्थानीय समाचार

शिवाकोटी पूर्पक्षका लागि कारागार चलान

दमक, २३ पौष । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत झापाले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको...

दमक ब्याडिमन्टन एकेडेमीकाे पहिलाे साधारणसभा सम्पन्न

दमक, २२ पाैष । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सहित सम्पन्न भएको हाे । दमक नगरका प्रमुख राम कुमार थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए । एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए । ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले पहिलो  भएका थिए ।त्यसैगरी दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहेका...

प्रेस सेन्टर नेपालको झापा अध्यक्षमा पुष्प खड्का निर्वाचित 

दमक, १३ पाैष । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा...

मिक्लाजुङमा चासोकको रौनक

दमक, ८ पौष । मंसिर पूर्णिमा अर्थात धन्य पूर्णिमा पनि भनिन्छ । यहि पूर्णिमाको दिन किरातीहरुले चासोक पर्व मान्ने परम्परा रहेको छ । मुख्य गरी राई, लिम्बु, याक्खा, सुनुवार लगायत २१ भन्दा धेरै किराती समुदायले...

आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

दमक, ६ पुस । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा...