स्थानीय समाचार

“युक्पुङ्” चलचित्रको छायांकन सम्पन्न

धरान, ३ चैत्र । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो । ‘केएमडी...

लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको छ । अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले १ अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट २ करोड ३२ लाख ८९ हजार ४ सय ६४ रूपैयाँकटौती गरेको हो। नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो । नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् । यस्तै, लेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौला, विधायनसमितिका संयोजक लोकबहादुर धिमाल, सुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बराल, वातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्वाधार समितिका संयोजक भीम पौडेल, आर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ र सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआ–आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको छ । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाअध्यक्ष, नगरसभासदस्यहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरु, स्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

याक्खा जातिको संस्कृतिमा आधारित भिडियो ‘जेप्पा’ सार्वजनिक

  दमक, १ चैत्र ।  गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार मण्डला थिएटरमा...

कियाचु फेदेन अध्यक्षमा पुनः नेम्बाङ् निर्वाचित

फेदेन, पान्थर । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले पुनः देउकुमार नेम्बाङ् अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवेशनले नेम्बाङकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति...

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

काठमाडौं, १९ फागुन । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरुमा भइरहेको छ । यसै क्रममा...