स्थानीय समाचार

दमक गोल्डकपमा एमालेको राजनीति – कांग्रेस

दमक, १० चैत । दमकमा जारी दमक गोल्ड कपमा नेकपा एमालेले राजनीतिकरण गरेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएका छन् । आज बिहिबार कांग्रेसले दमकमा पत्रकार सम्मेलन गरि सो कुरा बताएका छन् । कांग्रेस दमक गोल्ड कप सवै दमक बासीको अपनत्व गराउने भन्दा पनि आसन्न चुनाव लक्षित पार्टी गतिविधि जस्तो मात्र भएको आरोप लगाएको हो । कांग्रेस नेतृत्वले दमक गोल्ड कप फूटवलका लागि अत्यन्त राम्रो काम भएपनि त्यसलाई सफल बनाउन भन्दा स्थानीय सरकारको नेतृत्वगरिआएको पार्टी र गोल्डकपको संयोजन गरिआएको कथित खेलकुद विकास समितिले राजनीति गर्न खोजेको औल्याए । गोल्डकप आयोजना हामी सबैको साझा बन्न सक्नु परथ्र्यो भन्दै नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले तरप्रतियोगिताको तामझम हेर्दा नेकपा एमालेले खेलकुदमा चुनाव फसाएको जिकीर गरिन् । उनले आफू दमककैबासी भएर पनि खेल हेर्नआफूलाई बन्चित गराएको सुनाईन् । स्थानीय सरकारको कामकाज प्रति गंभीर आक्रोस पोख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृलिम्बूले भनिन्, –‘ पाँच वर्षसम्म स्थानीय सरकारले यस्तै तरिकाले मन परी गरेको छ, यो ठिक होइन । हामी हिसावकिताव खोज्छौ ’ कार्यक्रमस्थलबाट गोल्डकपको शुभकामना दिदै उनले गोल्डकपमा हाम्रो पार्टी र त्यसलाई सफल बनाउन बनाउन गठन गरिएका कुनै पनिसमितिमा बसेर सहयोग नपुरयाँउन निर्देशन पनि दिइन् । २४ घण्टा भित्र गोल्डकपको कुनै पनि समितिमा बसेका कांग्रेस नेतृत्व, क्रियाशील सदस्यहरुले आफनो जिम्मेवारीबाट अलग हुन उनले कडा निर्देशन दिइन् । कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक गोल्डकप आयोजना हुनु खुसीको विषय भएपनि त्यसकोकार्यशैली प्रति तितो बोल्न बाँध्य हुनु परेको बताए । गोल्डकपप्रति कांग्रेसले असहयोग गर्न खोजेको नबुझन आग्रह गर्दे उनले तरगोल्डकपमा कता कता एकपक्षीय जस्तो भएको टिप्पणी गरे । उनले भने, –‘दमक गोल्डकपमार्फत दमकलाई चिनाउन खोजिए पनियसको तामझाम भने एमालेले फूटवल खेलाए जस्तो देखिन्छ, यस्तो हुनु दुखद हो ’ कांग्रेस क्षेत्रीयसहित प्रदेश सभा, दमकका कांग्रेस नेतृत्वहरुको उल्लेखीय सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश ( ख) का सभापति रवि केसीले पनि दमक गोल्डकप यसअघिका गोल्डकप जस्तै देखिएको बताए । सिमीत समूह,पार्टीबाट गोल्ड कपपरिचालित हुनु ठिक नभएको उनले टिप्पणी गरे । कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइले दमक गोल्डकप आयोजना हुनु स्वागतयोग्य भएपनि त्यसभित्र भने राजनीति गर्न खोजिएकोबताए । बाटोघाटो,विद्यालय ,खोलानालामा स्थानीय सरकारले राजनीति गरेको उदाहरण दिदै उनले यति हुदाहुदै अव खेलकुदमा समेतराजनीतिकरण गरेर आफनो अनुहार उदाङ्गो पारेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा कांग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज राई, महाधिबेशन प्रतिनिधिहरु राजन ढुंगाना,रेगिना भटटराई प्रसाई, आइन्द्रकेरुङ, टिकाराज सापकोटालगायतका युवा नेताहरु, वडा सभापतिहरु, विभिन्न भूमिकामा रहेका पार्टी कार्यकर्ताहरुको उल्लेखीयउपस्थिति रहेको थियो ।

लिम्बुवान मञ्चको फालेलुङ ७ को वडा कार्यालय उदघाटन

पाँचथर, १० चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ को वडा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । बिहिवार वडा ७ स्थित सिदेनमा स्थापना गरिएको हो...

गोर्खाब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश

दमक, १० चैत । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले...

बाग्मती यूथ क्लब क्वाटरफाइनलमा प्रवेश

दमक, ९ वैशाख । बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।...

झापा निर्वाचन आयोगमा ३६ दल दर्ता

झापा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य...