स्थानीय समाचार

तेह्रथुमकाे छथर आत्मानन्द कपकाे सेमिफाइनलमा प्रवेश

दमक, १३ मंसिर / छथर गाउँपालिका तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप १५ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा  माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ६–२ को फराकिलो गोल अन्तरलेपराजित गर्दै छथर अन्तिम चारमा पुगेको हो । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै हाटखोला फुटबलक्लव सुनसरी, जलथल झापा र तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय  गरिसकेका छन् । मंगलबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ । प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङका गरी विभिन्न ८ टीमको सहभागीतारहेको छ । विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् । फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजनाहुनेछ । आत्मानन्द कप बिगत २ वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको छ । इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीकोप्रतियोगिताका रूपमा रहेको छ । आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने सचिव सरिता राईले जानकारी दिएकी छन् ।

तिजोग यूवा क्लव पाँचथर सेमिफाइनलमा प्रवेश

माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल...

आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ...

आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ । आत्मानन्द...

चतुरे गोलकपको उपाधि आयोजक टिमलाई

माङसेबुङ, इलाम । इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले चुमेको छ । शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ विरुद्ध २-० गोल अन्तरको जित...