स्थानीय समाचार

चतुरे गोलकप : चिबुवा र आयोजक फाईनल प्रवेश

माङसेबुङ , सालि । माङसेबुङम जारी चतुरे गोलकपमा चिबुवा फुटबल क्लब र आयोजक टिम फाईनल प्रवेश गरेको छ ।सेमिफाईनल खेल अन्तर्गत पहिलो खेलमा सिक्तेम्बा फुटबल क्लबलाई २–३ को नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको हो । दोस्रो खेलमा माङमालुङ फुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै आयोजक टिम फाईनल प्रवेश गरेको हो । फाईनल खेल भोलि १८गते आयोजकसँग चिबुवाले खेल्ने छ । २०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेकोप्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ३० हजार ७९रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।

फाल्गुनन्द सभागृह नाम हटाएकोमा आपत्ति

दमक । महागुरु फाल्गुनन्द सभागृहलाई हटाइ दमक सभागृह नामाकरण गरि काम अगाडि बढाएको भन्दै किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । २०७३ जेठ २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा...

दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’को छायांकन सम्पन्न

दमक । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा नेपाल मिडिया परिवार(एम.एन.जी.)को सातौं साँगितिक कोशेली पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन सम्पन्न भएको छ । प्रवास इजरायलमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहेने गीतकार नितु लावती ‘मैना’को...

आत्मानन्द कप मंसिर दोस्रो सातादेखि शुरू हुँदै

  इलाम/आत्मानन्द कपको १५ औं संस्करण खेल धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि शुरू हुने भएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको...

सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे...