मुख्य समाचार

गोपाल किरातीको देशभक्त समाजवादी यात्रा पाँचथरबाट शुरु

पहिचान विरोधी प्रदेश खारेज गरौं, जनविद्रोहको तयारीमा जुटौं काठमाडौं, १ चैत्र । प्रदेश १ प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि यतिबेला प्रदेशका जिल्लाहरु अशान्त भईरहेको बेला पूर्वमन्त्री गोपाल किरातीले अभियान थालेका छन् । बहुमतको दम्भमा कोशी...

जनमुक्तिसँग साना पहिचानवादी दलहरु एक हुँदै

बिर्तामोड, ३० फागुन । राष्ट्रिय जनमुक्ति पार्टीले अन्य पहिचानवादी साना दलहरु समक्ष एकताको प्रस्ताव गरेसँगै साना दलहरु एक हुन देखिएको छ । शनिबार विर्तामोडमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुले एकताको सन्देश दिएका हुन् । विर्तामोडमा...

प्रदेश १ को नाम लिम्बुवान किरात राख : फोनिज

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर १ लाई पहिचानकाे आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्ने माग दोहोर्याएको छ । शनिबार र आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा-पत्रमा यस्तो माग गरिएको हो । प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको छ । सो कार्यक्रममा आमन्तृत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्त गरेका थिए । उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने र त्यसबाट समग्र देशको पर्यटन क्षेत्रको विकास हुने दावी गरे । फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहल कदमी र साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए । कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए । सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए । सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।फोनिजले संघीय राजधानी काठमाडौं र उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप र फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधन गरेको हो । २०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, ८ जातीय पत्रकार संस्था, ७ प्रदेश समिति, ८ विदेश शाखा रहेका छन् । यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । (हरप्रहर खबरबाट)

कोशी प्रदेश खारेजीको माग गर्दै १४ जिल्लामा आमहड्ताल सम्पन्न

दमक, २८ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा बिरोध गर्दै १४ जिल्लामा आमहड्ताल भएको छ । प्रदेश नं. १ को पुनः नामाङ्कनको माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले...

आम हड्तालको प्रभाव प्रदेश १ को १४ जिल्लामा

दमक, २८ फागुन । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले आज आह्वान गरिएको प्रदेश १ आमहडतालको प्रभाव प्रदेशको १४ वटै जिल्लामा परेको छ । सबै सरकारी कार्यालय,...